१४ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । ललितपुरको बालकुमारीमा एकीकृत समाजवादी दोस्रो दिनको केन्द्रीय कमिटीको बैठक जारी रहेको हो ।

हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले हिजो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको छ ।

बैठकले सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ ।

सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदै छ । आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !