६ बैशाख २०८१, बिहिबार

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको स्पष्ट पारेका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै सभापति लामिछानेले आफूले मौनता तोड्ने समय आएको चेतावनी दिएका हुन् ।

उनले अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला भन्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको भन्दै आफू अभिमन्यु नभएको स्पष्ट पारेका छन् ।

तीन पटक बालुवाटार पुगेर प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गर्दा पनि प्रचण्डले सुनुवाई नगरेकोले लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आफ्नो आक्रोश प्रकट गरेका हुन् ।

उनले लेखका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

आज बिहीबार बिहान विराटनगर पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभापति लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नु नपर्ने बताएपछि लामिछानेको यस्तो चेतावनी दिएका हुन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकार गठन भएको समयमा भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने जोड दिएका थिए ।

लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी पनि भएतापनि सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने भनेका छन् । लामिछाने नागरिकता नभएका कारण गृहमन्त्रीबाट बर्खास्तीमा परेपछि उक्त मन्त्रालय कसलाई दिने भन्ने विषयमा गठबन्धनमा विवाद उत्पन्न छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्नुपर्दैन : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !