११ बैशाख २०८१, मंगलबार

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । आज बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ ।’

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेकाे थिएँ । अहिले स्थापनाको १२ वर्ष पुगेकाे छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई निकै खुसी र गर्वको महसुस भएको छ। अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ ।’

सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकला सम्बन्धि सिर्जनाहरूको अवलोकन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !