३ असार २०८१, आइतबार

काँग्रेसको संसदीय कार्यसमितिको बैठक भोलि बस्ने


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको हो ।

आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्ने भएकोले काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने भएको छ । काँग्रेसले उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा आजको बैठकले टुंगो लगाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !