८ बैशाख २०८१, शनिबार

ज्ञवाली, शाक्य र महत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त


मन्त्रिपरिषद्को निर्णय फाइल फोटो

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

एमाले कोटाबाट ज्ञवाली र शाक्य सदस्यमा नियुक्त भएका हुन् । ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीइओ थिए भने शाक्य पूर्व राजदूत हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !