७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ


प्रचण्ड फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै बनेपछि मात्र थाहा हुने घुमाउरो जवाफ दिएका छन् ।

माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पदाधिकारी बैठक सकिएपछि बाहिरिंदै गर्दा प्रधानमन्त्री प्रचण्डले नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा अझै निर्णयमा पुगिनसकेको संकेत गरेका हुन् ।

संचारकर्मीले गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अब बनेपछि थाहा पाउनु होला ।’ रवि लामिछाने पदमुक्त भएपछि रिक्त भएको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् ।

अव गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल जारी रहेको छ । नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरु माओवादी केन्द्र, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा द्वन्द्व सिर्जना भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आफूले राखेको गृहमन्त्रालय आफ्नै पार्टीका सांसदलाई नै बनाउने चाहना राखेका छन् भने सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् ।

माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । आजको पदाधिकारी बैठकपछि बोल्दै माओवादी केन्द्र उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै पनि कुरा नभएको बताए ।

आजको बैठकमा गृहमन्त्री बारेमा कुरा नभएपछि प्रधानमन्त्री प्रचण्ड आफैंले यसको बारेमा निर्णय गर्ने भएका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा स्थायी समिति बैठकमा छलफल हुनेसक्ने संकेत चाहि गरेका छन् ।

हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वपा सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेपछि पार्टीमा आन्तरिक छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी सारेर पदाधिकारी बैठक बोलाएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर रास्वपाका सभापति लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !