८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, भोलि पुन: बस्ने


स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक भोलि ११ बजे पुन बस्ने गरी सकिएको हो ।

आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने भएकोले भोलि एजेण्डाअनुसार नेताहरुले आ-आफ्नो धारणा राख्ने भएका छन् । आजको बैठकमा पूर्वसभामुख अग्नि सापकोटा पनि सहभागी भएका थिए ।

सभामुखको पदावाधि सकिएपछि पहिलोपटक बैठकमा सहभागी सापकोटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !