१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।

देशको समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ । भेटवार्ताका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !