८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिली कार्यसूचीमा आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार सम्भावित कार्यक्रमको दोस्रो कार्यसूचीमा सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !