८ बैशाख २०८१, शनिबार

उपसभामुख रानाद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा


इन्दिरा रानामगर

काठमाडौँ । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । उपसभामुख इन्दिरा रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

उपसभामुख रानाले आज सोमबार एक विज्ञप्ति निकाल्दै पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानामगरले सो घोषणा गरेकी हुन् ।

उपसभामुख रानामगरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल ७ गते प्रतिनिधिसभाको सउपभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वपतन्त्र पार्टी (रास्वपा)को सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’

यस्तो छ हेर्नुहोस् उपसभामुख रानाले निकालेको प्रेस विज्ञप्ति

उपसभामुख रानाले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !