७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहान भेटवार्ता भएको हो ।

सभामुखमा बिहीबार निर्वाचित भएपछि घिमिरेले प्रधानमन्त्री प्रचण्डसँगको पहिलो औपचारिक भेटवार्ता गरेका हुन् । उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !