७ मंसिर २०८१, शुक्रबार

अन्तत: वर्षमान पुन सुमेरु अस्पतालबाट डिस्चार्ज


नन्दबहादुर पुन फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुन आज शुक्रबार डिस्चार्ज भएका हुन् ।

पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले बताएको छ । यद्यपि उनलाई निगरानीमा राख्ने गरी डिस्चार्ज गरिएकोले फलोअपका लागि भने अस्पताल गइराख्नुपर्ने भएको छ ।

उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् । वंशाणुगत जन्डिस रोगका कारण पीडित हुनुभएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत थिए ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !