११ मंसिर २०८१, मंगलबार

कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


मुक्ताकुमारी यादव

काठमाडौं । नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । विपक्षी गठबन्धनको तर्फबाट काँग्रेसकी यादवले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

यादवको प्रस्तावकमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । काँग्रेसले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी महोत्तरी निवासी यादव केन्द्रीय सदस्य चयन हुँदा उनले सर्वाधिक ३९६० मत ल्याएकी थिइन् । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा रानामगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट रास्वपाकी रानामगरले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाकी इन्दिरा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !