१३ मंसिर २०८१, बिहीबार

मन्त्रीले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । अवदेखि मन्त्रीले कुनै विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित हुनुपर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा. देवराज अधिकारीलाई नियुक्त गरेको छ । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई उर्जामा र उर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ ।

बैठकले विभूषण सम्बन्धी अध्ययन समिति समेत गठन गरेको छ । साथै सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !