१३ बैशाख २०८१, बिहिबार

विमान दुर्घटना : प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह


केपी शर्मा ओली पोखरामा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेखेका छन्, “दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !