१५ बैशाख २०८१, शनिबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलसहित ३ मन्त्रीले लिए शपथ


शालिकराम जमकट्टेल सपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले शपथ लिएका छन् । बागमतीका मुख्यमन्त्री जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री तथा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

हिजो ५ दलको समर्थनमा मुख्यमन्त्री भएका जमकट्टेललाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जमकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् ।

माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका जमकट्टेललाई हिजो नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

यो पनि पढ्नुहोस्

बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !