११ आश्विन २०८१, शुक्रबार

प्रहरी लगाएर जनता नतर्साउन नेपाल तरुण दलको चेतावनी


तरुण दल

काठमाडौं । नेपाल तरुण दलले विकासको नाममा प्रहरी लगाएर जनता नतर्साउन सरकारलाई चेतावनी दिएको छ । नेपाल तरुण दल काठमाडौ निर्वाचन क्षेत्र न २ का क्षेत्रीय अध्यक्ष पुरुषोत्तम चौलागाईले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको शंखरापुर नगरपालिका-३ को पूर्बी बोजीनीमा सवस्टेसन हटाउन माग गर्दै आएका स्थानीयमाथि प्रहरी प्रशासन लगाएर तर्साउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष चौलागाईंले विगतदेखि नै मानव बस्तीको बीचमा सवस्टेशन नराख्न आन्दोलन गर्दै आएकोमा जनताको मागलाई वेवास्ता गर्दै विगत केही दिनदेखि सोझा जनतामाथि राज्यले हतियार धारी प्रहरी पठाएर पेस्तोल तेर्साउदै धरपकड़ गर्ने जस्ता मानवअधिकार विरोधी कार्य गरेको तस्वीर भिडियोप्रति गम्भीर आपत्ति र ध्यानाकर्षण भएको जनाएका हुन् ।

उक्त ठाउँमा राज्य तर्फबाट जनताको मागलाई सम्बोधन नगरी कथित विकासको नाममा यस भेगका जनतालाई स्वास्थमा दीर्घरोग बनाई सुकुम्बासी बनाउने कार्य तत्काल बन्द गरी उक्त ठाउँबाट सवस्टेशन जनता को माग बमोजिम भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरेका छन् ।

साथै उनले लोकतन्त्रमा फरकमत राख्नेमाथि राज्य तर्फबाट गरिएको ज्यादतीको विरोध गर्दै तत्काल राज्य आतंक बन्द गरेर जनतामाथि न्याय गर्न आग्रह गर्दै जनतामाथि भइरहेको दमन बन्द गर्न माग पनि गरेका छन् । क्षेत्रीय अध्यक्ष चौलागाईंले अहिले जनताले गरिरहेको विरोधमा नेपाल तरूण दल काठमाडौ क्षेत्र न २ को पूर्णरुपमा साथ र समर्थन रहेको पनि प्रतिवद्धता जनाएका छन् ।

यस्तो छ हेर्नुहोस् तरुण दलले निकालेको विज्ञप्ति

प्रेस विज्ञप्ति जनताको नाममा !

नेपाल सरकारले विकास को नाममा शखरापुर नं पा. वडा नं ३ काठमाडौ उत्तर पुर्बी बोजीनीमा मानव वस्तीको बीच सवस्टेशन बनाउन लागेको ठाउँमा त्यस ठाउँका स्थानीय जनताले लामो समयदेखि निरन्तर रूपमा त्यसठाउँबाट सवस्टेशन हटाउन माँग राख्दै आएको कुरा सबैलाई अवगत नै छ जनताको मागलाई वेवास्ता गर्दै विगत केही दिन देखि सोझा सिदा जनता माथि राज्यले हतियार धारी प्रहरी पठाएर पेस्तोल तेर्साउदै धरपकड़ गर्ने जस्ता मानवअधिकार विरोधी कार्य गरेको तस्वीर भिडियोप्रति गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ, उक्त ठाउँमा राज्य तर्फबाट जनताको मागलाई सम्बोधन नगरी कथित विकासको नाममा यस भेगका जनतालाई स्वास्थमा दीर्घरोग बनाई सुकुम्बासी बनाउने कार्य तत्काल बन्द गरी उक्त ठाउँबाट सवस्टेशन जनता को माग बमोजिम भयरहित वातावरण मा बाच्न पाउने अधिकारको सुनिश्चित गरियोस भन्दै निर्दोष जनताको लोकतन्त्रमा फरक मत राख्नेमाथि राज्य तर्फबाट गरिएको ज्यादतीको विरोध गर्दै तत्काल राज्य आतंक बन्द गरेर जनतामाथि न्याय गरियोस, जनतालाई दमन गर्ने कार्य बन्द गरियोस भन्दै उक्त आन्दोलनमा नेपाल तरूण दल काठमाडौ क्षेत्र न २ को तर्फबाट समेत एकेबद्धता रहेको समेत जानकारी गराउदछौ जय नेपाल !

पुरुषोत्तम चौलागाई
क्षेत्रीय अध्यक्ष
नेपाल तरुण दल काठमाडौ
निर्वाचन क्षेत्र न २


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !