काठमाडौं । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सचिव हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको छ ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका रामप्रसाद घिमिरेलाई राजश्व सचिवमा ल्याइएको छ ।