१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सत्ता साझेदारको दलको बैठक जारी


सत्ता साझेदारको दलको बैठक

काठमाडौँ । सत्ता साझेदार दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदारको दलको बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेका छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । यही पुस १० दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !