७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


प्रचण्ड र केपी ओली बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मंगलबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरूबीच सरकारले ल्याउने भनेको साझा कार्यक्रमहरूका विषयमा पनि छलफल भएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन् ।

सरकार गठन भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीले अझै पनि मन्त्रालय पाउन सकेका छैनन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरासमेत बालुवाटारमै रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !