३ असार २०८१, सोमबार

बालकोटमा एमाले अध्यक्ष ओली र डा. भट्टराईबीच भेटवार्ता


केपी शर्मा ओली र डा. बाबुराम भट्टराई

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । ओली र भट्टराईबीच भएको भेटवार्तामा उनीहरुबीच मुलुकको सामसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ ।

कुनै समय एक-अर्काको कुरा काट्न पछि नपर्ने पूर्वप्रधानमन्त्रीद्वय ओली र भट्टराईबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीले अहम् भूमिका खेलेपछि दुई पूर्वअध्यक्ष बीचको दूरी घटेर नजिकिएका छन् ।

नेकपा (माओवादी केन्द्र) संग पार्टी एकीकरण गर्ने भनेर प्रचण्डलाई गोरखामा आफ्नो निर्वाचन क्षेत्र छोडेका भट्टराईलाई पार्टी संगठनको जिम्मेवारी छोड्ने चर्चा चलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !