![प्रचण्ड र रणिल विक्रमासिङ्गे](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/12/prachanda-and-ranil-wickremesinghe.jpg?fit=1301%2C551&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा दाहाललाई बधाई दिए । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरिरहेका छन् ।