६ जेष्ठ २०८१, आइतबार

भारतले मुख खोल्दै भन्यो – प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम तयार छौं


अरिन्दम बाग्ची

काठमाडौं । दक्षिणतिरको छिमेकी मित्रराष्ट्र भारतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम तयार रहेको बताएको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन थाल्न उत्तरको मित्रराष्ट्र चीनबाट चिनियाँ टोली काठमाडौँमा आइपुगेपछि भारतको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

यस्तै प्रचण्ड प्रधानमन्त्री भएलगत्तै औपचारिक रूपमा केरुङ-रसुवागढी नाका पनि दुईतर्फी खुलेको छ । चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान भित्र्याएको हो । केरुङ-रसुवागढी नाका खुलेसंगै भारत आत्तिएको हो ।

भारतले नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकासँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आज बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल भारतबीच युनिक सम्बन्ध रहेको बताउँदै यसला बढाउनका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताए ।

उनले भारतले निर्वाचनअघि नै नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको स्मरण गराएका थिए । आफूहरु पनि नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौं–केरुङ रेलमार्गको अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !