१४ बैशाख २०८१, शुक्रबार

नेकपा खारेज भएको दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटारमा ओली


ओली र प्रचण्ड खुमलटारमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपा खारेज भएको दुई वर्षपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् ।

यसअघि संसद विघटनको अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटेर एमालेको नेतृत्वमा सात दलीय गठबन्धन बनेपछि ओली प्रचण्डनिवास पुगेका हुन् ।

यस्तै आइतवार मात्र नयाँ सत्ता गठबन्धन निर्माण गर्न प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तार र भावी सहकार्यबारे छलफल हुने बताइएको छ ।

यसअघि नेकपा खारेज भई तीन टुक्रामा विभाजन हुनुअघि ओली खुमलटार गएदेखि दुई वर्षसम्म दुई नेताबीच खुमलटारमा भेटवार्ता हुन सकेको थिएन ।

आफ्नै नेतृत्वमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली खुमलटार पुगेका हुन् । यसअघि आज बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच हात्तिवनस्थित एक घरमा वार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन छलफल थालेका हुन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका हुन् ।

ओली र प्रचण्ड खुमलटारमाओली र प्रचण्ड खुमलटारमाओली र प्रचण्ड खुमलटारमाओली र प्रचण्ड खुमलटारमाओली र प्रचण्ड खुमलटारमा

तस्वीर सौजन्य : राजन काफ्ले, केपी शर्मा ओलीको सचिवालय

यो पनि पढ्नुहोस्

सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले भेटे नेपाल र यादवलाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !