८ बैशाख २०८१, शनिबार

सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले भेटे नेपाल र यादवलाई


प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आज बुधबार बिहान ललितपुरको हात्तीवनस्थित एक घरमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष नेपाल र यादवबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन छलफल थालेका हुन् ।

नेकपा एस र जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !