६ जेष्ठ २०८१, आइतबार

एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने


विष्णुप्रसाद पौडेल

काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोमा बसेको केही पदाधिकारीसहितको बैठकले पौडेलको नेतृत्वमा सरकारमा जाने निर्णय लिएको हो ।

सात दलीय नयाँ गठबन्धनमा एमालेले ६ वटा मन्त्रालय पाउने भएको छ । उपाध्यक्ष पौडेलले उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालयमध्ये एक मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी हुने भएका छन् ।

पौडेलले अर्थ मन्त्रालय लिने प्रवल सम्भावना रहेको छ । गृह मन्त्रालयमा माओावादी उपमहासचिव वर्षमान पुनले बलियो दावेदारी गरेका छन् ।

आइतवार बालकोटमा भएको सात दलीय गठबन्धनको बैठकले प्रधानमन्त्री माओवादीलाई दिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी गरेको थियो । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपरान्ह ४ बजे शपथ लिँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !