७ असार २०८१, शुक्रबार

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड पुगे शीतलनिवास


ओली-प्रचण्ड शीतल निवास

काठमाडौँ । भावी प्रधानमन्त्री पदको लागि दावी पेश गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

आज दिउँसो ओली बालकोटमा बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास पुगेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको राष्ट्रपति कार्यालय स्रोत जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र शीतल निवासमा दर्ता भएको छ भने जनता समाजवादी पार्टीको पत्रको केही समयमा आइपुग्ने बताइएको छ ।

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरू शीतलनिवास पुगेका हुन् । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नदेखिएपछि एमालेको नेतृत्वमा सरकार बन्ने भएको हो ।

राष्ट्रपतिले संविधानको धारा (७६) २ अनुसार एकभन्दा बढी दलको सरकार बनाउनका लागि गरेको आह्वान आजै बेलुका ५ बजे सकिँदै थियो । अब राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !