८ बैशाख २०८१, शनिबार

बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली–प्रचण्ड लागे शीतलनिवास


बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली–प्रचण्ड

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको लागि दावी पेश गर्न राष्ट्रपति भवन शीतलनिवास लागेका छन् ।

आज दिउँसो ओली बालकोटमा बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि ओली र प्रचण्ड शीतलनिवास लागेका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाने भएका हुन् । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नदेखिएपछि एमालेको नेतृत्वमा सरकार बन्ने भएको हो ।

शीतलनिवास जानुअघि ओली र प्रचण्डले बालकोटको बार्दलीबाट आफ्ना शुभेच्छुकलाई संकेत गर्दै हात हल्लाएका हुन् । दुई वर्षअघि प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओलीले आफ्नो निवास बालकोटको बार्दलीबाट हात हल्लाएको वहुचर्चित दृष्य सामाजिक संजालमा भाइरल भएकोमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि ओलीसंगै बालकोटको बार्दलीबाट हात हल्लाएर नेपाली राजनीतिको पासा परिवर्तन गरेको सन्देश दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !