८ मंसिर २०८१, शनिबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, राष्ट्रपति र सभामुख एमालेले पाउने


ओली, प्रचण्ड र रवि लामिछाने बालकोट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै सम्पन्न भएको छ ।

आज दिउँसो ओली बालकोटमा बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । जसअनुसार प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपति र सभामुखमा नेकपा एमालेलाई दिने सहमति भएको हो ।

आजको बैठकले प्रचण्डलाई आधा कार्यकाल साढे २ वर्षका प्रचण्डलाई प्रधानमन्त्री बनाउने अनि बाँकी आधा कार्यकाल साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री पाउने सहमति भएको हो ।

बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आइतबार नै दाबी पेश गर्ने सहमति भएको हो ।

अव एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ सिट गरी १६६ जना सांसदको समर्थन लिएर प्रचण्ड प्रधानमन्त्रीको लागि राष्ट्रपति भवन शीतलनिवास जान लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !