७ मंसिर २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको मतदान सकियो, केही समयपछि नै परिणाम आउने


शेरबहादुर देउवा संसदीय दलको नेता मतदान

काठमाडौँ । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा संसदीय दलको नेता चयनका लागि भएको मतदान केही समयअघि सकिएको हो ।

मतदानको पूर्वनिर्धारित समय बिहान ८ बजेदेखि १० बजेसम्म तोकिएपनि लगभग एक घण्टा ढिलो भएर ९ बज्न केहि समय अघिदेखि मात्र मतदान सुरु भएको थियो । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थिए । यद्यपि कांग्रेस संसदीय दलको निर्वाचनमा ८८ जना मात्र सहभागी हुने भएका छन् ।

काँग्रेसका सांसद टेकबहादुर गुरुङको मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी मतदानमा सहभागी हुने पाएनन् भने सांसद माया राई सुत्केरी भई ॐ हस्पिटलमा रहेकोले उनलाई त्यही मतपत्र लागेर मतदानमा सहभागी गराइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !