८ बैशाख २०८१, शनिबार

यस्तो छ कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाताको नामावली (सूचीसहित)


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् ।

हालसम्म निर्वाचनको मैदानमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले लड्ने तयारी गरेका छन् । समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ ।

तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ ।

यस्तै कांग्रेसले संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । पुस ६ गते बुधबार हुने निर्वाचनका लागि काँग्रेसको निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।

मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ ।

यस्तो छ कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाताको नामावली

मतदाताको नामावली मतदाताको नामावली मतदाताको नामावली मतदाताको नामावली मतदाताको नामावली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !