२३ बैशाख २०८१, आइतबार

सरकार गठन केन्द्रित माओवादीको पदाधिकारी बैठक आज बस्दै


माओवादीको निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

आज बस्ने माओवादीको पदाधिकारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रमा संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चुनिने निश्चित जस्तै छ । माओवादीले प्रचण्डलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै गठबन्धनका साथै अन्य पार्टीका नेताहरुसंग भावी सत्ता समीकरणको बारेमा छलफललाई तीव्रता दिएका छन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिजो शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अडान लिदै आएका देउवासंग उनको सहमति जुटेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !