३१ भाद्र २०८१, सोमबार

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नगर्न परेको रिटको आज सुनुवाइ


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट सुनुवाइ आज लागि हुँदै छ ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ट अधिवक्ता पुर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचीव ऋषिराम घिमिरेसहितका पदाधिकारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै दर्ता गराएको रिट निवेदनको पेसी आज हुन लागेको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर पत्र दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा संसदका महासचिव पौडेलको पत्र अवैधानिक भएको दावी समेत गरिएको छ ।

रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ । हिजो बिहीबार सार्वजनिक बिदा परेकाले आजका लागि पेसी तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !