८ बैशाख २०८१, शनिबार

आयोगद्वारा प्रतिनिधि र प्रदेशमा समानुपातिकको सिट बाँडफाँट, कसले कति सिट पाए ?


कांग्रेस-एमाले र माओवादी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फको अन्तिम मतपरिणामअनुसार दलहरूले पाएको सिट बाँडफाँड गरेको हो ।

आयोगका अनुसार नेकपा एमालेले सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसअनुसार एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको हो ।

यस्तै कांग्रेसले पाएको ९६ सिटमा प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले पाएको ४३ सिटमा प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ र सो पार्टीले प्रदेशसभामा उम्मेदवारी दिएको थिएन । साथै राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ ।

१४ सिट पाएको जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ ।

राष्ट्रिय दल बन्न नसकेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा ९ सिट जितेको छ । त्यस्तै नेमकिपाले प्रदेशसभातर्फ २ सिट, लोसपाले प्रदेशसभातर्फ ३ सिट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ १ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ १/१ सिट पाएको छ ।

प्रतिनिधि र प्रदेशमा समानुपातिक कुन दलले कति सिट पाए ?

प्रतिनिधि र प्रदेशमा समानुपातिक कुन दलले कति सिट पाए ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !