७ बैशाख २०८१, शुक्रबार

म जे हुँ, तपाईंहरूकै प्रेरणा र प्रोत्साहनको परिणाम मात्र हुँ : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार गगन थापाले आजसम्म आफूले जीवनमा आर्जेका यी सारा परिचय, सबै उपलब्धि र मेरो सम्पूर्ण पृष्ठभूमि आम नागरिक र काठमाडौँका जनताहरूले उदारतापूर्वक विश्वास गरेर दिएका अवसरहरूको कूल प्रतिफल भएको बताएका छन् ।

थापाले सामाजिक संजालमा आज साँझ चार पेजको ‘मेरो सपना, मेरो संकल्प : समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने आम नागरिक र काठमाडौँका जनताहरूलाई कृतज्ञताका केहि शब्द सार्वजनिक गर्दै ‘आफू जे हुँ, तपाईंहरूकै प्रेरणा र प्रोत्साहनको परिणाम मात्र हुँ’ भनेर लेखेका छन् ।

उनले आफू आम नेपाली जनताहरूकै स्नेहले कोरिएको सिर्जना भएकोले यसका लागि आफूले जनताहरूप्रति जतिसुकै कृतज्ञता व्यक्त गरे पनि कम हुने बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका महामन्त्री थापा र नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

थापा र भट्टराईबीच यो दोस्रोपटकको चुनावी मुकाबिला हो । कांग्रेस महामन्त्री थापाले निर्वाचनपछिको सरकारमा नेतृत्व गर्न आफू तयार रहेको र त्यसका लागि पार्टीभित्रसमेत पहल गर्ने बताइरहेका छन् । राष्ट्रिय राजनीति र सरकारसमेतको नेतृत्वदायी भूमिकामा रहने भएपछि यस क्षेत्रका मतदातामा फरक खालको उत्साहसमेत देखिन्छ ।

अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापा यही क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा हुन् । आफ्नो निर्वाचन क्षेत्रका आवश्यकता पहिचान र त्यसको पूर्तिका लागि हरसम्भव प्रयास गरेको थापाको दाबी छ ।

यस्तो छ हेर्नुहोस् उनका कृतज्ञताका केहि शब्दहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !