१२ बैशाख २०८१, बुधबार

वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयपछि बाम गठबन्धन टुट्यो : प्रचण्ड


प्रचण्ड फाइल फोटो

सुर्खेत । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अंहकारीरूपमा केपी शर्मा ओली उदय भएपछि वाम गठबन्धन टुटेको स्पष्ट पारेका छन् ।

आज मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वामपन्थीको गोलभित्र अंहकारीरूपमा ओली उदाएकाले वामगठबन्धन टुटेको खुलासा गरेका हुन् ।

प्रचण्डले केपी ओलीमा अंहकार देखिएको भन्दै सत्तालाई क्याप्चर गरेर निरशंकुशताबाट सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाए । उनले परिवर्तनलाई उल्टाउने प्रयास कसैले गर्न नसक्ने दाबी समेत गरे । उनले एमालेका अध्यक्ष ओलीसँग अब कुनै सहकार्य नहुने पनि स्पष्ट पारे ।

साथै उनले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए । देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए । उनले सत्ता गठबन्धनका दलहरुको संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने भएको पनि बताएका छन् ।

प्रचण्डले अव देशमा शान्तिको नयाँ युगको सुरुवात हुने पनि दावी गरे । उनले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे । साथै संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !