१४ बैशाख २०८१, शुक्रबार

देउवा र ओलीलाई चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति

काँग्रेस र एमालेले लिए हेलिकोप्टर प्रयोगको अनुमति


देउवा र ओली हेलिकप्टर प्रयोग

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको प्रचार आजदेखि गर्न पाइने जनाएको छ । हिजोसम्म घरदैलो अभियान मात्रै संचालन गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगले चुनाव प्रचारको लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ । यसै क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने अनुमति लिएका छन् ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनाव प्रचार-प्रसारका लागि देश दौडाहामा लागिसकेका छन् । प्रधानमन्त्री देउवा हिजो अपराह्न धनगढी पुगेका छन् ।देउवा चुनावी प्रचार-प्रसारका लागि आज कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन् । उनी सरकारी हेलिकोप्टर प्रयोग गर्न नपाउने भएपछि निजी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी देउवाले यसअघि नै हेलिकोप्टर प्रयोग अनुमति लिइसकेका हुन् ।

यता एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका छन् । निर्वाचन आयोगका अनुसार एमालेले हिजो आयोग पुगेर अनुमति लिएको हो । अनुमति लिएसँगै अब ओलीले हेलिकोप्टर प्रयोग गर्न पाउने छन् ।

निर्वाचन आचारसंहितामा पार्टीका मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । अन्यथा भएमा आयोगले कारबाही गर्न सक्छ ।

प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्दछ । मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ ।

यो पनि पढ्नुहोस्

निजी हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा पुगे धनगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !