१३ बैशाख २०८१, बिहिबार

निजी हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा पुगे धनगढी


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचार-प्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए ।

उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी निजी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !