७ मंसिर २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लवले आज पत्रकार सम्मेलन गर्दै


नेत्रविक्रम चन्द

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । विप्लवले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उक्त पार्टीको सम्पन्न गरेको ९ औं महाधिवेशनबारे उनले आज महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् । नेकपाको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको लगभग दुई हप्तापछि निर्णय सार्वजनिक गर्न लागिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !