४ जेष्ठ २०८१, शुक्रबार

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ


मैयादेवी श्रेष्ठ

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । गत असोज २५ गतेदेखि उनी निमोनिया भएपछि अस्वस्थ भएकी हुन् ।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार ९५ वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत छिन् ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !