१२ पुस २०८१, शुक्रबार

निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई सोध्यो स्पष्टीकरण


प्रधानमन्त्री कार्यालय

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जानकारी दिएको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

यस्तै कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्ने गरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !