६ जेष्ठ २०८१, आइतबार

गठबन्धनको पक्षमा मतदान गर्न देउवा, प्रचण्ड र नेपालको अपिल (पूर्णपाठसहित)


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनले गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अपिल गर्दै गठबन्धनको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको हो । गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकर्त समाजवादीले संयुक्त अपिल जारी गरेका हुन् ।

पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरूप काम गर्दै आएको, गठबन्धन सरकार गठन भए लगत्तै महामारीका रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको र वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको गठबन्धनले जनाएको छ।

उक्त अपिलमा प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालका हस्ताक्षर रहेको छ भने गठबन्धनमै रहेपनि राष्ट्रिय जनमोर्चा र लोसपाले भने अपिलमा हस्ताक्षर गरेको छैन ।

यस्तो छ हेर्नुहोस् सत्ता गठबन्धनको संयुक्त अपिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !