काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै अध्यक्ष नेपालले यस दुःखद घडीमा संस्कृतिविद् जोशीप्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।
नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ ।
यस दुःखद घडीमा संस्कृतिविद् जोशीप्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) October 16, 2022