७ मंसिर २०८१, शुक्रबार

जब ओलीले लाँकुरी भञ्ज्याङ्गबाट पृथ्वीनारायणको शैलीमा काठमाडौँलाई नियालेपछि…


केपी ओलीले लाँकुरी भञ्ज्याङ्गमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललितपुर जिल्लाको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टबाट दूरवीनले काठमाडौँ उपत्यकालाई नियालेका छन् ।

एमाले अध्यक्ष ओली आगामी मंसिर ४ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा पार्टीका नेताहरूसहित उक्त रिसोर्टमा पुगेका हुन् ।

अध्यक्ष ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ पुगेका हुन् ।

पृथ्वीनारायण शाहको शैलीमा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकालाई अवलोकन गरेका छन् । विगतमा काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअघि चन्द्रागिरिको डाँडाबाट हेरेर जुँगा मुसार्दै काठमाडौँ उपत्यका आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरेका थिए ।

नेपाल एकीकरण तयारीका बेला राजा पृथ्वीनारायण शाह मामाघर भएर चन्द्रागिरि भञ्ज्याङ आएका थिए । भञ्ज्याङबाट सुन्दर उपत्यका हेरेका थिए । उक्त समयमा पृथ्वीनारायणले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका थिए र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ ।

पृथ्वीनारायणको शैलीमा ओलीले काठमाडौँको पूर्वी डाँडो लाँकुरी भञ्ज्याङ्गबाट काठमाडौँ उपत्यकालाई नियालेका छन् । ओलीले उक्त ठाउँमा पुगेर आगामी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयारी गर्न पुगेर उपत्यकालाई नियालेका हुन् ।

ओलीले लाँकुरी भञ्ज्याङ्ग पुगेर काठमाडौँलाई अवलोकन गर्दै के प्रतिज्ञा गरे त्यो उनको निजी नितान्त महत्वाकांक्षा आफ्नो ठाउँमा छ तर आगामी निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सरिसकेको छ ।

नेपाली राजनीतिका बहुत महत्वाकांक्षी र चतुर खेलाडी ओली आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री बन्लान् वा नबन्लान् त्यो हेर्न आगामी मंसिरसम्म कुर्नुपर्ने हुन्छ ।

केपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमाकेपी ओलीले लाँकुरी भञ्ज्याङ्गमा केपी ओलीले लाँकुरी भञ्ज्याङ्गमा

तस्वीर सौजन्य : (राजन काफ्ले) ओलीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !