६ बैशाख २०८१, बिहिबार

कांग्रेसको घोषणापत्र : ५ वर्ष आफ्नै नेतृत्वको सरकार


कांग्रेसको घोषणापत्र फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसदीय निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ । कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन समितिबाट पारित भएको हो ।

आगामी मंसिर ४ गतेको निर्वाचनपछि कांग्रेसले ५ वर्षको लागि आफ्नै नेतृत्वको सरकार बनाउने मुख्य एजेण्डा घोषणापत्रमा समावेश गरेको छ । ५ वर्षको मार्गचित्र ‘समुन्नत नेपाल’ कसरी बनाउने भन्ने एजेण्डा समावेश गरिएको हो ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । अर्थशास्त्री डा. स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !