१५ असार २०८१, शनिबार

आयोगद्वारा प्रत्यक्षतर्फको मतपत्र छपाई आजदेखि सुरु


प्रतिनिधिसभा निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई आज बिहीबारदेखि सुरु गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुन लागेको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई आजबाट सुरु गरेको हो ।

आयोगले उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहने जनाएको छ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र हुने जानकारी दिएको छ ।

आयोगले हिजो बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको आजदेखि सुरु गरेको हो । कडा सुरक्षा व्यवस्था मिलाएर मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ ।

प्रतिनिधिसभातर्फ कुल २४१२ जनामध्ये २१८७ पुरुष र २२५ महिला रहेका छन् भने प्रदेशसभातर्फ कुल ३२२४ जनामध्ये २९४३ पुरुष, २८० महिला र एक अन्य गरी ३४७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !