७ असार २०८१, शुक्रबार

दिपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित


दीपक मनाङ्गे

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । दिपक मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका हुन् । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन । यद्यपि उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !