१० मंसिर २०८१, सोमबार

पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता


जीवनराम श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराएका उनको निजी सचिवालयले जनाएको छ ।

उनी विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !