१२ आश्विन २०८१, शनिबार

उम्मेदवारी दर्ता गरेपछि ओलीले भने- अबको निर्वाचनमा गठबन्धन सरकार पछारिन्छ


केपी शर्मा ओली

दमक । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको आसन्न निर्वाचनमा गठबन्धन पछारिने दावी गरेका छन् ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने बताएका हुन् ।

उनले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउदै आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उनको भनाइ थियो ।

अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गरेका उनले भनेयो, “एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्दैन, जनताले थाहा पाइसकेका छन् ।” अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावकहरुमा केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल रहेका छन् भने समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !