१२ बैशाख २०८१, बुधबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


एमाले सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा एमालेको सचिवालय बैठक अपराह्न ३ बजे बस्ने हो ।

आगामी ४ मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने बताइएको छ ।
एमालेको उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने भएको हो । एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै बैठक आजको लागि सारिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !